सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं, २५ पौष । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।
न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।