जनकपुरधाममा नयाँ नवरंग आवासीय होटल सञ्चालनमा, कोठामा ५० प्रतिशत छुट
जनकपुरधाम, १० कार्तिक । जनकपुरधामस्थित शिवचोकमा आधुनिक सुविधा सम्पन्न नयाँ नवरंग आवासीय होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
मंगलबार होटलको शुभारम्भको अवसरमा सञ्चालकले कोठाको नियमित मूल्यमा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
होटलका सञ्चालक प्रकाश भगतका अनुसार होटलमा विभिन्न सुविधासहितका ३५ वटा कोठा रहेका छन् ।
पाहुनाको सहजता, आराम र गुणस्तरीय आतिथ्यलाई प्राथमिकतामा राखेर करिब १८ हजार वर्गफिट क्षेत्रफलमा होटल निर्माण गरिएको उनले बताए ।
उनका अनुसार नियमित रूपमा चार हजार रुपैयाँ पर्ने कोठा र सात हजार रुपैयाँ पर्ने कोठामा उद्घाटन विशेष योजनाअन्तर्गत ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।
यसअनुसार चार हजार रुपैयाँको कोठा दुई हजार रुपैयाँमा र सात हजार रुपैयाँको कोठा तीन हजार पाँच सय रुपैयाँमा उपलब्ध हुनेछ ।
भगतले बाहिरबाट सवारी चालकसहित होटलमा आउने पाहुनाका चालकका लागि निःशुल्क कोठाको व्यवस्था गरिएको जानकारी दिए । यसले विशेषगरी लामो दूरीबाट निजी सवारीसाधनमा आउने पाहुनालाई सहज हुने उनको विश्वास छ ।
होटलमा आरामदायी तथा फराकिला कोठा, स्वादिष्ट खानाका परिकार, निःशुल्क उच्च गतिको इन्टरनेट, सवारीसाधन पार्किङ तथा पाहुनालाई सहयोग गर्ने मैत्रीपूर्ण कर्मचारीको व्यवस्था गरिएको छ ।
आवाससँगै खानपानको समेत सुविधा उपलब्ध गराउने उद्देश्यले होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक भगतले बताए ।
‘हाम्रो मुख्य उद्देश्य पाहुनालाई आरामदायी बसाइ, स्वादिष्ट खाना र आत्मीय आतिथ्य प्रदान गर्नु हो । जनकपुरधाम आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थयात्री, व्यवसायी र अन्य पाहुनाले एउटै स्थानमा आवास तथा खानपानको सुविधा प्राप्त गर्न सकून् भन्ने हाम्रो चाहना छ,’ भगतले भने ।
उनका अनुसार जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य भएकाले यहाँ आउने आगन्तुकलाई सहज र व्यवस्थित आवास सेवा उपलब्ध गराउनु आवश्यक छ । त्यसैलाई ध्यानमा राखेर होटलमा आधुनिक सुविधाको व्यवस्था गरिएको उनले बताए ।
जानकी मन्दिर, राम मन्दिरलगायतका धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गर्न जनकपुरधाम आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गर्दै होटलले सेवा विस्तार गर्ने योजना बनाएको छ ।
होटलको स्थान र उपलब्ध सुविधाले पारिवारिक भ्रमण, व्यावसायिक यात्रा तथा धार्मिक प्रयोजनका लागि आउने पाहुनालाई समेत सहज हुने उनको विश्वास छ ।
भगतले ग्राहकको सन्तुष्टि, स्वच्छता, खानाको गुणस्तर र सेवाको निरन्तरतामा विशेष ध्यान दिइने बताए । उद्घाटन विशेष छुटमार्फत नयाँ ग्राहकलाई होटलको सेवा अनुभव गराउने र आगामी दिनमा गुणस्तरीय आतिथ्यका माध्यमबाट विश्वास जित्ने लक्ष्य रहेको उनको भनाइ छ ।
जनकपुरधाम–२ शिवचोकमा रहेको नयाँ नवरंग आवासीय होटल तथा रेस्टुरेन्टले आधुनिक सुविधा, प्रतिस्पर्धी मूल्य र अतिथि सत्कारलाई आधार बनाएर आफ्नो सेवा सुरु गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





