पूर्वगृहमन्त्री लामिछाने र पूर्वडिआइजी जोशीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी

काठमाण्डौ, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछाने र जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारी गरेका हुन् ।
अब जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछाने र जोशीलाई काठमाडौंमा झिकाएर अनुसन्धान गर्नेछ । सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूलाई काठमाडौं ल्याइने भएको हो।
यसअघि लामिछानेलाई कास्कीबाट रूपन्देही झिकाएर बयान लिइएको थियो । लामिछाने गत २ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


