बालुवाटारको बैठकमा जुट्न सकेन सहमति

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुट्न सकेन । शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।
यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘सहकारीबाट ठगी भएको विषयमा छानबिन कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिरहनुभएको छ । त्यसका विषयमा छलफल भयो । छलफल आज सकरामतक भएको छ । समिति बनाउने तर्फ सबैको जोडबल छ र सकारात्मक नै छ ।’
नेता लेखकले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्ति र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


