राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ, ८ जेठ । राष्ट्रिय सभाको मंगलवारका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । मंगलवार दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उक्त समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच समझदारी भए पनि समितिको कार्यक्षेत्र निर्धारणका विषयमा कार्यदलस्तरमा सहमति जुटन नसक्दा राजनीतिक अवरोध हुँदै आएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार अपराह्न १ः१५ मिनेटमा बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


