काठमाडौँ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । यसअघि जिल्ला अदालत धनुषाले उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो ।

अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेर सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार सिरोहियालाई पक्राउ गर्न अनुमति दिएको थियो । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गरिएको हो ।