काठमाडौँ, ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा एकपटक पनि बोल्न नपाएकोमा आक्रोश व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले आफूले एकपटक बोल्न माग गर्दा पनि नपाएको र आफूमाथि घिनलाग्दो मिडिया ट्रायल भएको बताएका छन् ।

उनले लेखेका छन्– ‘एकपटक बोल्न पाउनुपर्यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ???’

गत फागुन २३ गते गृहमन्त्री भएका रविमाथि कांग्रेसले संसद्मा बोल्न अवरोध गर्दै आएको छ । मन्त्री भएपछि आफूमाथि कांग्रेसले लगाएको ‘सहकारी ठग’को लाञ्छनाको उनले जवाफ दिन पाएका छैनन् ।

संसद्मा कांग्रेसले बोल्न बन्देज गरेपछि उनले आक्रोश व्यक्त गरेका हुन् ।