कांग्रेसले गरे राष्ट्रियसभा बैठक अवरोध

काठमाडौँ, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो । तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक शुक्रबार सम्मका लागि स्थगित गरिएको हो ।
सहकारी प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध पार्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि चल्न नदिएको हो । बिहीबारको अपरान्हको बैठकको सुरुमै कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले महत्वपूर्ण विषयहरू छायामा परेको भन्दै बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए ।
कांग्रेसले उठाउँदै आएको विषयमा गृहकार्य भइरहेको, अध्यादेश पेस लगायतका महत्वपूर्ण काम पनि रोकिएको, राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिने २ मिनेटको कामसमेत रोकिएकोले राम्रो सन्देश नजाने भन्दै बैठक चलाउन सहयोग कांग्रेस अध्यक्ष दाहालले मागे पनि कांग्रेस सांसदहरू बसेनन् ।
त्यसपछि अध्यक्ष दाहालले शुक्रबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


