काठमाण्डौँ, ३० फागुन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत रूपमा नरहेको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम नगरेको पनि स्पष्ट पारे । उनले आफूले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको आफूले पाएको बताए । उनले आफूहरूको सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रूपमा नभएको बताए । उनले प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रूपमा मात्रै रहेको बताए ।

उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन । मैले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु । तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रूपमा थिएन र छैन । हाम्रो सम्बन्ध सधैँभर विचार केन्द्रित सहकर्मीको रूपमा रहेको छ ।’

उनले अध्यक्षमा मनोनयन भएपछि नै आफूले आफ्नो दलीय आबद्धता र संलग्नता त्याग गरेको बताए ।