नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् ।
मंगलबार निर्वाचित दाहालले निर्वाचित भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि पदभार ग्रहण गरेका हुन् ।
मंगलबार भएको मतदानमा दाहाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


