काठमाण्डौँ, २७ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै प्राप्त गरेको बताए ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ ।

७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

‘फोन गरेर पार्टीले तपाईं अध्यक्षको उम्मेदवार हुनुहुन्छ भनेको छ । जित हार परिणामले देखाउँछ । पार्टीले मलाई विश्वास ग¥यो, नेतृत्वलाई म धन्यवाद दिन चाहन्छु’, शर्माले भने ।

राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए संवैधानिक जिम्मेवारी कुशलतापूवर्क निर्वाह गर्ने पनि उनले बताए ।