पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १८ माघ । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए ।
ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो । उनलाई पनि ४ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने प्रहरी तयारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


