गौशाला २६ को फोटो सार्वजनिक गरेको आरोपमा एक पक्राउ

काठमाडौँ, ३ माघ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई छन् ।
३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


