दक्षिण सुडानमा २०३ नेपाली शान्ति सैनिक प्रस्थान, २०४ स्वदेश फर्किए
काठमाडौं, २९ असोज । संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
नेपाली सेनाका अनुसार नयाँ गोरख गणको १५औँ डफ्फालाई प्रतिस्थापन गर्न नारायणदल गणको १६औँ डफ्फाका २०३ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान गरेका छन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जारी गरेको प्रेस नोटअनुसार शान्ति सैनिकको उक्त टोली बुधबार संयुक्त राष्ट्रसङ्घको दक्षिण सुडानस्थित शान्ति स्थापना मिसन (अनमिस) का लागि प्रस्थान गरेको हो ।
त्यसैदिन मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०४ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन् ।
नेपाली सेनाका अनुसार हाल दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत छन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना तथा सुरक्षा कायम गर्ने उद्देश्यले शान्ति सैनिक परिचालन गर्दै आएको छ ।
नेपाली शान्ति सैनिकहरूले अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियानमा नेपालको प्रतिनिधित्व गर्दै योगदान पुर्याउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




