एमालेले राष्ट्रिय सभाको लागि टुंगो लगायो उम्मेदवार

काठमाडौँ, २२ पौष । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
राष्ट्रिय सभामा बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन–तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई–दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदै छ ।
आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।