बालकुमारी प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद् मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताएका हुन् ।
उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए । उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए । घटनाको अन्तर्यमा अरू नै केही कुरा भएको उनको भनाई छ । उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए । उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारो बाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने बताए ।
उनले भने, ‘म अहिले सबै भन्न चाहन्न । केही चिज गम्भीर लागेको छ । सामान्य छैन यो । त्यो दुई जना युवाहरूको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । इपिएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ । यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ । चिज त्यस्तो छैन । जस्तो देखिएको छ । त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु ।’
प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारुढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई अपिल गरे । उनले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमति भएको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


