काठमाडौँ, पुष ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै हिन्दू संघ संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनको अगुवाइमा मन्त्री किरातीको राजीनामा माग गर्दै विरोध र्याली गरिएको हो ।

आन्दोलनकारीले सोमबार काठमाडौंको गौशालामा भेला भई र्यालीसहित संसद् भवन नयाँ बानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरेका थिए । तर, प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो ।

प्रदर्शनकारीले बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् ।