सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त

काठमाडौँ, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


