काठमाडौँ, मंसिर १२ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारका लागि पदाधिकारी बैठक बोलाएका छन् ।

बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाइएको बैठकमा पूर्वपदाधिकारीलाइ पनि बोलाइएको छ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा हुनेछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको रिपोर्ट प्रस्तुत गर्ने तयारी छ ।