नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं, २२ भदौ । राष्ट्रियसभाबाट पारित भएर सन्देश सहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


