भैरहवा, २३ चैत ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि उनलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

बुधवार ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि दिउँसो काठमाडौं लगिएको छ ।

मंगलवार पार्टीको कार्यक्रमका लागि भैरहवा पुगेका अध्यक्ष ठाकुर भैरहवास्थित होटल पौवामा बसेका थिए ।

आज बिहान उनले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उपचारमा खटिएको थियो ।

अध्यक्ष ठाकुरको छातीमा समस्या हनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएको चिकित्सक पाण्डेले भने । उपचारपछि उनको स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि थप उपचारका लागि काठमाडौं रिफर गरिएको उनले बताए ।