जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम, १२ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
राष्ट्रियसभा निर्वाचनको मतदान स्थल नजिकै जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
मतदान स्थल महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान भित्र जनमतका कार्यकर्ताहरु जबर्जस्ती छिर्न खोज्दा प्रहरीले उनिहरुलाई रोकेको थियो । सोही क्रममा विवाद हुँदा झडप भएको बताइएको छ ।
यता जनमतका कार्यकर्ताहरु मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनजाने क्रममा भरत चोकमा पुगेपछि प्रहरीले उनिहरुलाई रोक्न खोज्दा झडप भएको र सोही क्रममा आफ्ना ८ जना कार्यकर्ता घाइते भएको प्रेस जनमत संघका अध्यक्ष बीपी साहले जानकारी दिए । झडपमा ४ जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले बताए ।
प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितर वितर पारेको छ ।
झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


