विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा जैसवाल प्रथम
सुनसरी, १६ कार्तिक । तरहरा जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार दोस्रो दिन आयोजित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा आठ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै मुनबि एकेडेमीकी प्रेरणा जैसवाल प्रथम भएकी छन् । त्यस्तै, फुजिसान सगरमाथा बोर्डिङ स्कुलकी यूनिसा घिमिरे द्वितीय र श्री राष्ट्रिय माध्यमिक विद्यालयकी नम्रता गौतम तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास, तार्किक सोच तथा अभिव्यक्ति कलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तरहरा जेसीजका उपाध्यक्ष जेसी विदुरमणी नेपालले जानकारी दिए ।
प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै सार्वजनिक रूपमा बोल्ने क्षमताको विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
तरहरा जेसीज वर्ष २०२६ का अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनसहयोग कलेजका प्रमुख द्रोणबहादुर न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
प्रतियोगिताको संयोजन सुबास निरौलाले गरेका थिए भने सप्ताहव्यापी कार्यक्रमको मूल संयोजन लीला मणि खड्का (सरोज) ले गरेका थिए । कार्यक्रमको सञ्चालन तरहरा जेसीजका महासचिव मदन बस्नेतले गरेका थिए ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





