श्याम साहको नेतृत्वमा लायन्स क्लब अफ जनकपुरधाम बोल्ट्सको स्थापना
जनकपुरधाम, १६ कार्तिक । जनकपुरधाममा सामाजिक सेवा र मानवीय सहयोगका गतिविधिलाई विस्तार गर्ने उद्देश्यसहित लायन्स क्लब अफ जनकपुरधाम बोल्ट्स स्थापना भएको छ ।
क्लबले औपचारिक रूपमा चार्टर प्राप्त गरेसँगै जनकपुरधाममा लायन्स क्लबको सेवामूलक अभियानले थप विस्तार पाएको छ ।
लायन्स वर्ष २०२६–२७ मा सुरु भएको क्लब विस्तार अभियानअन्तर्गत जनकपुरधाममा लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजको स्थापनाबाट सुरु भएको यात्रा क्रमशः लायन्स क्लब अफ जनकपुरधाम भन्तारा र लायन्स क्लब अफ जनकपुरधाम रोयल्स हुँदै लायन्स क्लब अफ जनकधाम बोल्ट्ससम्म पुगेको हो ।
लायन्स वर्ष २०२६–२७ का अध्यक्ष विकास साहको नेतृत्वमा अघि बढाइएको यस अभियानले जनकपुरधाममा सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक उत्तरदायित्वका गतिविधिलाई संस्थागत रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ ।
नवस्थापित लायन्स क्लब अफ जनकपुरधधाम बोल्ट्सका अध्यक्ष श्यामप्रसाद साहसहित सम्पूर्ण क्लब परिवारलाई यस अवसरमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
क्लब स्थापनादेखि चार्टर प्राप्तिसम्मको यात्रालाई सफल बनाउन एक्सटेन्सन चेयरपर्सन, मेन्टर तथा डिस्ट्रिक्ट जीईटी कोअर्डिनेटर मनिष रमण साहले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
जनकपुरधाममा लायन्स क्लबहरूको संख्या बढ्दै जाँदा सामाजिक सेवा, मानवीय सहायता तथा समुदायको आवश्यकता सम्बोधन गर्ने अभियान थप प्रभावकारी हुने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





