कोषमा सञ्चालन हुने पुस्तकालयका लागि महत्वपूर्ण साहित्यिक पुस्तकहरु प्राप्त

जनकपुरधाम, १६ मंसिर । जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा सञ्चालन हुने पुस्तकालयका लागि विभिन्न पुस्तकहरु प्राप्त भएको छ ।
कोषमा सञ्चालन हुने पुस्तकालयका लागि विभिन्न व्यक्तिहरुले कोषका अध्यक्ष जीवनाथ चौधरीलाई आइतबार पुस्तक हस्तान्तरण गरेका छन् ।
वरिष्ठ चित्रकार एससी सुमन, कोषका सदस्य एवम् संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्कर, वरिष्ठ साहित्यकार राम दयाल राकेश र वरिष्ठ समीक्षक तथा साहित्यकार विनित ठाकुरले महत्वपूर्ण एवम् दुर्लभ पुस्तकहरु कोषलाई प्रदान गरेका छन् ।
कोषलाई यसअघि साहित्यकार दीप नारायण “विद्यार्थी”ले अनुप्रास प्रकाशनबाट प्रकाशित ५५ वटा, साहित्यकार अजीत आजादले नवारम्भ प्रकाशनबाट प्रकाशित २१५ वटा र नाटककार महेन्द्र मलंगियाले एकसय भन्दा बढि महत्वपूर्ण साहित्यिक पुस्तकहरु हस्तान्तरण गरिसकेका छन् ।
मैथिली विकास कोषलाई पुस्तक प्रदान गरेर सहयोग गर्ने सबैजनालाई अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


