सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
सप्तरी, १६ कार्तिक । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनामा रुखको हाँगा काट्ने क्रममा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय झमेलिया सदाका ३५ वर्षीय छोरा दिपु सदा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार सफेदाको रुखको हाँगा काट्ने क्रममा विद्युत्को नाङ्गो तारमा छुँदा करेन्ट लागेर सदाको घटनास्थलमै मृत्यु भएको हो ।
सोही घटनामा शम्भुनाथ नगरपालिका–७ निवासी बौका सदाका २६ वर्षीय छोरा उपेन सदा घाइते भएका छन् ।
उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
घटनापछि मृतक सदाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





