सिरहाका प्रहरी प्रमुख पाण्डेको सरुवा

सिरहा, १९ पुस । सिरहाका प्रहरी प्रमुखको सरुवा गरिएको छ । प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए ।
पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


