काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

ड्राइभिङ स्कुल सङ्घ, नेपालका पदाधिकारीहरूले पेस गरेको ज्ञापनपत्र मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।