सुनसरी, १९ कार्तिक । तरहरा जेसीजद्वारा आयोजित जेसीज सप्ताह–२०२६ अन्तर्गत पाँचौँ दिन मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

तरहरास्थित फुटसल मैदानमा आयोजित प्रतियोगितामा इटहरी जेसीज र झुम्का जेसीजका सदस्यहरूबीच प्रतिस्पर्धा भएको थियो ।

विभिन्न जेसीज शाखाबीच आपसी मित्रता, भाइचारा, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तरहरा जेसीजले जनाएको छ । प्रतियोगितामा दुवै शाखाका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशसभा सदस्य तथा सुनसरी जिल्ला तरुण दलका अध्यक्ष सिजन गुरुङ सहभागी थिए । कार्यक्रमको अध्यक्षता तरहरा जेसीजका वर्ष २०२६ का अध्यक्ष मिलन गुरुङले गरेका थिए ।

कार्यक्रममा तरहरा जेसीजको मातृसंस्था इटहरी जेसीसका अध्यक्ष जेसि मिसन पराजुलीले पनि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा तरहरा जेसीजका पूर्वअध्यक्ष मेदनकुमार घिमिरे, रिता भुसाललगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको संयोजन विजय लामाले गरेका थिए भने सप्ताहव्यापी कार्यक्रमको मूल संयोजन लीलामणि खड्काले गरेका थिए ।

खेलकुदलाई माध्यम बनाएर विभिन्न शाखाबीच सम्बन्ध विस्तार तथा आपसी सद्भाव र सहकार्यलाई बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा तरहरा जेसीजका महासचिव मदन बस्नेतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अतिथि, सहभागी शाखा तथा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे ।