सिरहा, १९ कार्तिक । सिरहाको चोहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिरहा नगरपालिका–२२ का २२ वर्षीय अमरेशकुमार यादव र गोलबजार नगरपालिका–१० का २० वर्षीय श्रीदेव यादव रहेका छन् ।

चोहर्वाबाट सिरहातर्फ जाने सडकखण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको मृत्यु भएको जनाइएको छ ।

घटनाबारे थप विवरण तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।