सर्लाहीमा अनुसन्धान अधिकृत मृत फेला

जनकपुरधाम, १० साउन । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।
सर्लाहीकोको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलको कल्भर्ट मुनि बुधवार बिहान अनुसन्धान अधिकृत मृत फेला परेका हुन् ।
ईश्वरपुर नगरपालिका–६, बयलवास बजारका स्थायी बासिन्दा अनुसन्धान अधिकृत साहले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


