सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सिरहा, १७ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०५६ प १११० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको काठको खटघारामा ठोक्किँदा बरियारपट्टी गाउँपालिका–४ सोहपुरका राधारमणको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका राधारमणलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
घटनापछि घाइतेलाई समयमै अस्पताल पुर्याउन एम्बुलेन्स उपलब्ध हुन नसकेको भन्दै स्थानीयवासीले गाउँपालिकाको सेवा व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।
गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा उपलब्ध भएको भए घाइतेलाई छिटो अस्पताल पुर्याउन सकिने र ज्यान जोगिने सम्भावना रहेको स्थानीयको गुनासो छ ।
स्थानीयवासीले आपत्कालीन अवस्थामा समेत एम्बुलेन्सको व्यवस्था नहुनु स्थानीय सरकारको गम्भीर कमजोरी भएको भन्दै स्वास्थ्य तथा आकस्मिक सेवा प्रभावकारी बनाउन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





