स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित पर्साबाट एकजना पक्राउ

पर्सा, २३ असोज । स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित पर्साबाट एकजना पक्राउ परेका छन् ।
पर्साको वीरगञ्जबाट प्रहरीले २८ लाख ५६ हजार स्रोत नखुलेको भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना छन् ।
शनिवार साँझ वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरिएको पर्साका एसपी रमेश बस्नेतले बताए ।
पक्राउ परेका आरोपीहरुलाई नगदसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बारामा पठाउने तयारी भइरहेको एसपी बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


