काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।