आसन्न विदेश भ्रमणलाई राष्ट्रहितमा उपयोग गर्न प्रधानमन्त्रीलाई नेपालको सुझाव

काठमाडौँ, २१ भदौ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न विदेश भ्रमणलाई राष्ट्रहितमा अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे भएको छलफलमा नेपालले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई बुझेर तयारी गर्न सुझाव दिए ।
उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणको एजेन्डाहरूको अन्तिम रूप दिनको लागि छलफल भइरहेको छ । सबैले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो देश नेपाल अन्त्यन्तै संवेदनशील अवस्थामा रहेको छ । भौगोलिक, भू–राजनीतिक संवेदनशीलता छ । यसलाई ध्यानमा राखेर आफ्नो विचार राख्नुपर्छ नत्र एउटाको अभिव्यक्तिले नेपाल समस्यामा पर्ने हुन सक्छ ।’
नेपालले भ्रमणका क्रममा हुनसक्ने सबैखाले उच्चस्तरीय छलफललाई अधिकतम उपयोग गर्न पनि सुझाव दिए । ‘प्रधानमन्त्रीको भ्रमणले नेपाललाई विश्वसामु प्रस्तुत गर्नको लागि सहयोगी होस् भन्ने शुभकामना दिन चाहन्छु । भ्रमणमा धेरै राष्ट्रका प्रमुखसँग भेट हुन सक्छ र त्यसको अधिकतम उपयोग गर्न पनि आग्रह गर्न चाहन्छु,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


