जनकपुरधाम, १५ कार्तिक । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट कोमलकान्त झा धनुषा जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले झालाई जिल्ला सभापतिको जिम्मेवारी प्रदान गर्दै पार्टीको जिल्ला नेतृत्वमा सर्वसम्मत चयन गरेको हो ।

सहमतिको आधारमा नेतृत्व चयन भएसँगै देउवा समूहभित्र संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

नवनिर्वाचित सभापति झाले आगामी दिनमा पार्टी संगठन विस्तार, कार्यकर्ताबीच एकता र संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन् ।