दलहरुबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक खुल्यो

काठमाडौँ, ०६ भदौ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ ।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक खुलेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो ।
संसदको बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गरेका छन् । उनले दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


