आयोग गठनको मस्यौदामा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौँ, ०५ भदौ । तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको ड्राफ्टलाई अन्तिम रूप दिन सिंहदरबारमा राष्ट्रिय दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको बैठकमा प्रमुख दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेसका सभापति शेरबहादुर देउवा, रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, रास्वपाका रवि लामिछाने, सन्तोष परियार जसपाका प्रदीप यादव रहेका छन् ।
सोमबार राति बसेको बैठकमा सरकार पक्ष कार्यदल बनाउन सहमत भएपछि तीन जना नेतालाई आयोगको कार्ययोजना तयार गर्न जिम्मा दिएको थियो । जसमा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादीका हितराज पाण्डे रहेका थिए । उनीहरुले तयार पारेको प्रारम्भिक कार्यायोजनालाई शीर्ष नेताको बैठकले अन्तिम रुप दिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


