सुशासनका सवालमा अझ निर्मम तरिकाले लाग्छौँ : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत, ०४ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सुशासनका सवालमा अझ निर्मम तरिकाले लाग्ने बताएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जस्तोसुकै अवस्था सृजना भएपनि सुशासनका सवालमा पछि नहट्ने बताएका हुन् ।
उनले भने, ‘जुनसुकै पार्टीको जुनसुकै रंग र अनुहारको भए पनि भ्रष्टलाई छाडिन्न । माओवादी भएपनि छाडिन्न ।’
तीन महिने अभियानको सन्दर्भमा उनले अनिवार्य रुपमा जिम्मेवारी तोकिएको ठाउँमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


