ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको हो : मन्त्री महत

काठमाडौँ, ०२ भदौ । अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताए ।
मन्त्री महतले देखाउँनको लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि नै धेरै देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।
उनले भने, ‘ओलीको सरकार आएदेखि नै धेरै अव्यवस्था हाम्रो सिस्टममा प्रवेश भयो देखाउने कुरा गर्ने ठूला ठूला सानोले पुग्ने ठाउँमा छ । अर्बौँको भवन आवश्यकता नै नभएको टावर अरबौँको । त्यसको कुरालाई प्राथमिकतामा राखेर अर्को वर्ष दिउला ठेक्कामा लगाऊँ भन्ने । यो कुरालाई अनुशासनमा ल्याउन खोजेको हुँ ।’
मन्त्री महतले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्ने लोकप्रियता पछि दौडिने जस्ता काम बन्द गर्न सके नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए ।
उनले भने, ‘हामीले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्न लाञ्छना लगाउन सस्तो लोकप्रियता पछि दौडिन हामीले बन्द गरौँ । वडा,प्रदेश,केन्द्रको नियमित छलफल गरेर निर्णय निकालेर जाने हो भने नेपाली कांग्रसलाई एक नम्बर पार्टीमात्र होईन एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न सक्दैन । ’
थोरै श्रोत साधनबीच काम गर्नुपरेकाले चाहेजस्तो सबै ठाउँमा बजेट विनियोजन गर्न नसकेको भन्दै पुगेसम्म कोसिस गरेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


