सुन प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३१ साउन । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । बुधबार चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।
प्रवक्ता कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको बताए । सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको कठायतले बताए ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


