जनतामा राज्यप्रतिको विश्वास कमजोर बन्यो, यो स्थितिलाई बदल्नै पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३१ साउन । महालेखा परीक्षकको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ ।
बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्य तालिकाबारे ब्रिफिङ गरेका थिए ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंले जनताको विश्वास आर्जन गर्ने गरि काम गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ । सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्त्वपूर्ण सर्त हो । तर, आम जनतामा राज्य र राज्यका विभिन्न अङ्गप्रतिको विश्वास कमजोर भएको बेला छ । इमानदारिता र पारदर्शी ताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नै पर्छ । विश्वसनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ ।’
कार्यालयले तीन चरणको कार्यपालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखा परीक्षण गर्ने जानकारी गराएको छ । लेखा परीक्षणका लागि उपसचिव स्तरको अडिटर र अधिकृत स्तरका लेखा परीक्षकहरू खटिने कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


