सुन तस्करी प्रकरणको हल्ला चलाएर एमाले सरकारमा जाँदैन : ओली

काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्राथमिकता सरकार नभएको बताएका छन् ।
आइतबार समसामयिक राजनीतिबारे एमालेको धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन उनले तत्काल एमालेको चाहना सरकारमा जाने नरहेको बताएका हुन् ।
ओलीले सुन तस्करी प्रकरणको हल्ला चलाएर सरकारका जाने एमालेको कुनै उद्देश्य नरहेको पनि स्पष्ट पारे ।
ओलीले भने, ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा त जान खोजेको होइन भन्नेखालका कुराहरू पनि आउन सक्छन् । तर, नेकपा एमालेलाई सरकारमा रुचि होइन, चिन्ता सरकारको होइन, चिन्ता देशको हो । चिन्ता देशको अर्थतन्त्रको हो । आज निर्माण व्यवसायीहरू गिरफ्तार गरिन्छ । उनीहरूका भनाइ कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


