मधेस सरकारमा दुई मन्त्रीको आगमन, को-को बने नयाँ मन्त्री ?

जनकपुरधाम, १५ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् ।
मुख्यमन्त्री यादवले सोमबार सरकारमा दुई मन्त्री नियुक्त गरेका हुन् ।
सोमबार नेपाली कांग्रेसका मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेशमा छैठौं पटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पाइसकेका छैनन् ।
यसअघि जसपाबाट विनाविभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


