जनकपुरधाममा तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव सुरु

जनकपुरधाम, २३ चैत ।
जनकपुरधाममा तीनदिने जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सुरु भएको छ ।
बुधबार बाह्रबिघा मैदानबाट झाँकी निस्केपछि महोत्सव सुरु भएको हो ।
मैथिली विकास कोषको आयोजनमा सुरु भएको महोत्सवमा मधेसमा मानिने सबै धर्म, संस्कृति, वेशभूषा, रहनसहन, लोकदेवता, लोकपर्व, लोकगीत तथा मौलिक वस्तुहरूको प्रदर्शनीसहित कलशयात्रा निकालियो ।
छठ, समाचकेवा, जुडशीतल, झिझियालगायत मुस्लिम समुदायको मुख्य पर्वका समाग्रीसहित सम्बन्धित गीत गाउँदै विभिन्न विद्यालयका विद्यार्थी सहभागी भएका थिए । किसानको सामग्रीसहित सीताराम विवाहपञ्चमीलगायत वेशभूषा पनि प्रदर्शन गरियो ।
महोत्सवका सत्रहरू जानकी मन्दिरको प्रांगण र जनकपुर उद्योग वाणिज्य संघमा हुनेछन् । महोत्सवमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा सक्रिय नेपाल–भारतका करिब १०० स्रष्टा सहभागी हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


