मधेश सरकारले खरिद गरेको बस नचलाउने मन्त्रिपरिषद्को निर्णय

जनकपुरधाम, २४ फागुन । मधेश प्रदेश सरकारले बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितेपछि नचलाउने निर्णयमा पुगेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सञ्चालन गर्नका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १/१ वटा बस दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


