३१ वर्षपछि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको कार्यालय सञ्चालन
जनकपुरधाम, २५ असोज । जनकपुरधाम सुनचाँदी व्यवसायी संघले स्थापना भएको ३१ वर्षपछि विधिवत् रूपमा कार्यालय सञ्चालनमा ल्याएको छ ।
संघको संस्थागत विकास, व्यवसायीबीच समन्वय तथा सुनचाँदी व्यवसायसँग सम्बन्धित समस्या समाधान गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको हो ।
संघका अध्यक्ष राजीव कुमार साह ‘चन्दन’का अनुसार कार्यालय सञ्चालनमा आएसँगै सुनचाँदी व्यवसायीहरूलाई आफ्ना समस्या, गुनासा तथा व्यवसायसँग सम्बन्धित विषयमा छलफल र समन्वय गर्न सहज हुनेछ ।
अध्यक्ष साहले लामो समयदेखि संस्थागत रूपमा कार्यालय सञ्चालनको आवश्यकता महसुस हुँदै आएको उल्लेख गर्दै अब संघका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा काम गरिने बताए ।
उनका अनुसार संघलाई व्यवसायीहरूको साझा संस्थाका रूपमा स्थापित गर्दै उनीहरूको हकहित संरक्षण, व्यवसायिक एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखिनेछ ।
उनले सुनचाँदी व्यवसायमा देखिने विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय तथा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै, व्यवसायीहरूलाई संघमा आबद्ध भई एकताबद्ध रूपमा आफ्ना हकहितका पक्षमा आवाज उठाउन पनि उनले आग्रह गरे ।
३१ वर्षपछि कार्यालयको विधिवत् सञ्चालनले जनकपुरधामका सुनचाँदी व्यवसायीहरूलाई संस्थागत रूपमा संगठित गर्न र संघका गतिविधिलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




