धनुषामा आइतबार ५५ युनिट रगत मौज्दात
जनकपुरधाम, २५ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवामा हाल ५५ युनिट रगत मौज्दात रहेको छ ।
शाखाले आइतबार सार्वजनिक गरेको रक्तकोषको विवरणअनुसार पूर्ण रगत (होल ब्लड) र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) गरी कुल ५५ युनिट रगत मौज्दात रहेको हो ।
विवरणअनुसार ‘ओ पोजेटिभ’ समूहको ३७ युनिट रगत मौज्दात छ । त्यस्तै, ‘बी पोजेटिभ’ समूहको पूर्ण रगत ९ युनिट र पीआरबीसी ४ युनिट रहेको छ ।
‘ओ नेगेटिभ’ समूहको १ युनिट तथा ‘एबी नेगेटिभ’ समूहको २ युनिट पूर्ण रगत मौज्दात रहेको छ । त्यसैगरी, ‘ओ पोजेटिभ’ समूहको २ युनिट पीआरबीसी पनि मौज्दात रहेको विवरणमा उल्लेख छ ।
रक्तसञ्चार सेवामार्फत बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउने उद्देश्यले रक्तकोषको मौज्दात विवरण सार्वजनिक गरिएको हो ।
दुर्घटना, शल्यक्रिया, प्रसूति तथा अन्य आकस्मिक स्वास्थ्य समस्याका बेला रगतको आवश्यकता पर्ने भएकाले नियमित रक्तदानको महत्त्वसमेत बढ्दै गएको रेडक्रस धनुषाका सभापति पंकजकुमार महतोले बताए ।
नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाले रक्तदानलाई जीवनदानका रूपमा आत्मसात् गर्दै रक्तदान गर्न सबैमा आग्रह गरेको छ ।
रक्तसञ्चार सेवासम्बन्धी जानकारीका लागि जनकपुरधामस्थित कार्यालयको फोन नम्बर ०४१–५९०४७० र रक्तसञ्चार सेवाको नम्बर ०४१–५२०८७० मा सम्पर्क गर्न सकिने शाखाले जनाएको छ ।
साथै, जनकपुरधामका लागि अरमान कुमार साह (९८४४०५४३३५) र धनुषाधाम क्षेत्रका लागि शिवप्रसाद साह (९८४४०५४३२९) लाई सम्पर्क गर्न सकिनेछ ।
शाखाले रक्तदान गर्न इच्छुक व्यक्तिहरूलाई रक्तदान अभियानमा सहभागी भई आवश्यकतामा रहेका बिरामीको जीवन रक्षामा योगदान पुर्याउन आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




