धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम, २४ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का र मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने, जिम्मेवारीलाई थप व्यवस्थित बनाउने तथा कार्यसम्पादनमा जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा एसपी खड्का र मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका थिए । सोही अवसरमा एसपी खड्काले मातहतका सम्पूर्ण प्रहरी युनिटका इन्चार्जहरूलाई आवश्यक निर्देशनसहित ब्रिफिङसमेत गरे ।
ब्रिफिङका क्रममा प्रहरी युनिटबाट सम्पादन हुने कामलाई प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउन कार्यसम्पादनमा केन्द्रित रहेर निर्देशन दिइएको जनाइएको छ ।

प्रहरी कार्यालय तथा युनिटहरूले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै तोकिएका कार्य समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यसम्पादन सम्झौता र निर्देशनात्मक ब्रिफिङले प्रहरी संगठनभित्र जिम्मेवारीबोध, जवाफदेहिता तथा सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ । साथै, यसबाट जिल्लाको शान्ति सुरक्षा कायम गर्ने तथा प्रहरी सेवालाई थप प्रभावकारी बनाउने कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




