जनकपुरधाम, ०१ असोज । मधेश प्रदेशसभाकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ ।

नेकपा एमालेबाट रौतहट क्षेत्र नम्बर ३ को समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचार भइरहेका क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिएका छन् ।

खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिक सांसदका रूपमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

उनको निधनसँगै मधेश प्रदेशसभाले एक महिला सांसद गुमाएको छ ।